बागमती मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

काठमाडौं  : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। आमा मनमाया पाण्डेको बिहीबार (१३ असोज) बिहान निधन भएको हो। कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका सुरेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘भाई कान्छो (दिपेन्द्र)ले विहानै ४:१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डारावाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’ सुरेन्द्रले फेसबुकमा भनेका छन्।

बिज्ञापन

उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा रहेका थिए। आमाको निधनको खबरपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। त्यस्तै, हेटौडामा रहेका मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं फर्किएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल