बागमती मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

काठमाडौं  : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। आमा मनमाया पाण्डेको बिहीबार (१३ असोज) बिहान निधन भएको हो। कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका सुरेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘भाई कान्छो (दिपेन्द्र)ले विहानै ४:१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डारावाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’ सुरेन्द्रले फेसबुकमा भनेका छन्।

बिज्ञापन

उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा रहेका थिए। आमाको निधनको खबरपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। त्यस्तै, हेटौडामा रहेका मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं फर्किएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो