देशको चिन्ता लाग्छ उठ्ने बेलामा
घरचिन्ता लाग्छ विदेश उड्ने बेलामा
मुटु चिरिन्छ अनि छाति चिरिन्छ हेर्नू
जब दिलकि रानी पराई हुने बेलामा
बिज्ञापन
मेरै आफन्त मेरो खुट्टा तान्दै हिड्छन
प्रगतिको पाईला अघि सर्ने बेलामा
दुनियाँमा कसैको भर छैन सहि हो है
आमा आँसु पुच्छन जब रूने बेलामा
जिउदो छदा पाप भारि बोक्दै हिड्ने
मन्दिर पाप फाल्छ जब कुहिने बेलामा
बुढा आमाबाबु मन्दिर लगी छोड्छन
जब उनि लाई पुजा गरि ढोग्ने बेलामा
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल
64