जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन विषयमा सातवटै प्रदेशका गृह मन्त्रालयस्तरीय छलफल हुने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापन विषयमा सातवटै प्रदेशका आन्तरिक तथा गृह मन्त्रालयस्तरीय छलफल हुने भएको छ।

मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा बिहीबार शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया हुने भएको हो।

बिज्ञापन

छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव र प्रदेशका मुख्य न्यायाधिवक्ता सहभागी हुने मधेश प्रदेश सरकारको गृह मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

छलफलबाट साझा प्रतिबद्धतापत्र समेत जारी गर्ने जनाइएको छ। छलफलमा सहभागी हुन आज ९बुधबार० नै अन्य ६ प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता जनकपुर आउने भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो