हेर्नु हुदै नभाका बाहाना बनाउछन
नेताहरू आफन्त छाना बनाउछन् ।
गरिबको सेवा गर्छन कसरि भनु है
सधै आफ्नो याहाँ माना बनाउछन् ।
बिज्ञापन
देशमा विकाश केहि हुदैन सरकार
हेर रामायण बजेट पाना बनाउछन् ।
मिडियाले गाउँको खबर छाप्दैन है
खालि नेता ज्युका घटना बनाउछन् ।
हिमाल बाट बग्ने हिउँ को खोजै छैन
नेता हेर्नु सधै घरमा झरना बनाउछन् ।
गरिब जनता को ईच्छा कहिले बुझ्ने
नेता काम आफ्नो चाहाना बनाउछन् ।
हामिले यस्तो गरे उस्तो गरे भनेर हेर्नु
आफ्नो मात्रा हाई नामना बनाउछन् ।
नेपालीले मात्र ठुला कुरा गर्ने हजुर
विदेशी अघी बढ्न कोरोना बनाउछन ।
काम भने केहि सिन्को नभाच्ने नेता
घोषणापत्र भने सधै डरौना बनाउछन ।
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली
51