नेता गर्छन मनोमानी के गर्नु
डिग्री पढी राहादानी के गर्नु !
देशमा विजुली हाहाकार छ
भयर पानी को खानी के गर्नु !
बिज्ञापन
जति भोट दिय चाल उहीँ है
हो नेता देशमा छानी के गर्नु !
रूख रोपेर फल अर्कै खान्छ
राखेर खानी चाैलानी के गर्नु !
राजनीति समाजसेवी भन्छन
देशलाई बनाय खरानी के गर्नु !
लामो समय पार्टी सिट पायन
गरे पार्टी अन्तै चलानी के गर्नु !
पुर्खा सम्पत्ति एक आना छैन
नेता बनी घर ढलानी के गर्नु !
एकता फाटेर देश टुक्रा भयो
भारत सिमा कटानी के गर्नु !
तेसैले तराई बाढी आयको हो
पहाड जंगल फडानी के गर्नु !
दिपक संगम विश्वकर्मा
टिकापुर कैलाली
59