कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा यस वर्ष पनि जाँत (मेला) लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन आयोजना हुने जाँत मेला यस वर्ष माघ ११ गते लाग्ने भएको हो ।

जाँत मेलाअघि पञ्चमीका दिन माघ ९ गते ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका–१२ बड्डीमछेली ९कुमीझाल० मा मेला लाग्ने स्थानीय जीवनराज भट्टले जानकारी दिए । त्यसको भोलिपल्ट माघ १० गते राति रतेडी हुने र माघ ११ गते मालुबेलास्थित ग्वासी समैजी देवस्थलमा मुख्य जाँत मेला आयोजना गरिने उनले बताए ।

बिज्ञापन

यस मन्दिरमा लाग्ने मेलामा कञ्चनपुर र कैलालीका साथै डोटी र डडेल्धुराबाट समेत श्रद्धालु तथा दर्शनार्थीहरू सहभागी हुने गरेका छन् । यहाँ दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ ।

ग्वासी समैजी मन्दिर कृष्णपुर नगरपालिका गुलरिया बजारबाट करिब ७ किलोमिटर उत्तरतर्फ अवस्थित छ । यसैबीच मन्दिरको विकासका लागि चैत ६ गतेदेखि १६ गतेसम्म शिव महापुराण तथा महारुद्र विराट महायज्ञ आयोजना गरिने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान