कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलाली : कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय फुलचन राना र धनगढी उपमहानगरपालिका–१६ बस्ने बर्ष २० को विवेक राना लागूऔषधसहित पक्राउ परेका हुन्। यी दुबै जनालाई १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–४ शहिदगेटबाट सोही ठाउँ बस्ने २१ वर्षीय सन्दिप अधिकारीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यी दुबै जनालाई प्रिगाब्लीन ट्याब्लेट थान–१४ र एन्टिकप ट्याब्लेट थान–६ प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषधसहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान