भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने भन्दै बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जनाएको हो ।

बिज्ञापन

उसले गृह मन्त्रालयको प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय र अन्य कर्मचारीको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।

साथै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता