कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली : कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडघोडी नगरपालिका–१० स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको घोडघोडी नगरपालिका–९ सिखरझाला बस्ने ५२ वर्षीय अजुवा सार्कीले चलाएको गोरू डल्लबलाई बिहीवार ठक्कर दिई दुर्घटना हुँदा अजुवा सार्की गम्भिर घाइते भएका थिए।

बिज्ञापन

घाइते सार्कीलाई उपचारको लागि सि.यस.अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर साहु घोडाघोडी नगरपालिका–९ रतिपुर बस्ने २५ वर्षीय मंगल बटालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरलिे जनाएको छ। ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता