कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बिचौलियाको धम्कीबाट बनेको हो : प्रचण्ड

पोखरा : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई बिचौलियाको धाक र धम्कीबाट बनेको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा उनले बिचौलियाको धाक र धम्कीबाट वर्तमान सरकार बनेको टिप्पणी गरेका हुन् ।

बिज्ञापन

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको आलोचना गरे । ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्,’ उनले भने, ‘हामी त्यसको वैकल्पिक शक्ति हौँ ।’

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको दाबी गर्दै प्रचण्डले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको पनि बताए ।

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको उनको भनाइ थियो ।

‘नपत्याउने गरी जनमत बढिरहेको छ । नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ,’ प्रचण्डले भने, ‘जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश