फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

काठमाडौं : पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’ फिल्म अभिनयमा ब्यस्त छन् । यो मेसोमा थपिएकी छन् । आभा ढुंगाना । टिकटकबाट चिनिएकी उनले ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो ।

अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको जनाइएको छ । आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन् ।

बिज्ञापन

उनी भन्छिन्, ‘कथा, संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ । मलाई विश्वास छ, यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ’ उनले भनिन् । यस फिल्मबाट बालकलाकार रिद्धी खत्रीले पनि फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ । रिद्धी पनि अडिसनबाट छनोट भएकी हुन् ।

यसअघि फिल्मले पहिलो झलक सार्वजनिक गरेको छ जहाँ अभिनेता सविन श्रेष्ठ फिचर्ड छन् । लभस्टोरी, एक्सन र सांगीतिक तत्व मिश्रण हुने फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश