हेटौँडा,
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्ति गरी शपथ गराउने तयारी भएको छ ।
बुधवारै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ पनि बुधवारै हुने एमाले प्रदेश सभा सदस्य अरुण नेपालले जानकारी दिएका छन् ।
बिज्ञापन


एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकिएको छ । शाक्य नेपाल पक्षकी एमाले उपाध्यक्ष तथा एमाले अध्यक्ष केपी ओलीको आलोचक मानिन्छिन् ।
बुधवारै डोरमणि पौडेलले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।