गायक कृष्णको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौँ : गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन्।

एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन् । आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन् ।

बिज्ञापन

यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन् ।

उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए। यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु। नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु।’

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। २०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश