दीपिकाको रिल्सलाई १ अर्ब ९० करोड पटक हेरियो

मुम्बई : अभिनेत्री दीपिका पादुकोण यो समयमा बलिउडकी सबैभन्दा चर्चित स्टार हुन् । दुई दशकदेखि सक्रिय उनी धेरै कमाउने मध्येकी अभिनेत्रीको सूचीमा सामेल छिन् ।

उनी हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन् । यस्तोमा, उनले अर्को कीर्तिमान रचेकी छन् । उनको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो । उनलाई इन्स्टाग्राममा मात्र ८ करोड जनाले पछ्याएका छन् ।

बिज्ञापन

दीपिकाले यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूजको रिल्स र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको ५०३ मिलियन भ्यूज भएको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छन् ।

दीपिकाको सबैभन्दा धेरै हेरिएको हिल्टन होटलमा बनाइएको एक रिल्स हो । यो रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

तिलकेनीका दलित बस्तीमा सिँचाइदेखि नागरिकतासम्मको समस्या

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश