नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

काठमाडौं :  नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने भएको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था नभएकाले प्रक्रियामा लगिए विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए । देशको हितमा नभएकाले अध्यादेश अस्वीकृत गर्नुपर्ने निष्कर्ष बैठकले निर्णय गरेको उपाध्यक्ष ज्वालाले बताए ।

बिज्ञापन

उनले भने, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरु जारी गरेको छ, संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रुपमा नै गलत छ, अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् ।’

अध्यादेशहरूबाट भू–माफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निषर्ष निकालेको उनले बताए । उनले थपे, ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : सनराइजर्स माथि लखनउको शानदार जित

जानकी गाउँपालिकामा कानून निर्माण विषयक समूह छलफल कार्यक्रम सम्पन्न

विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री