राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले देशको अवस्था र समग्र शिक्षामा आमूल परिवर्तन गर्न यो घटनाबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र अन्य विद्यार्थीमाथि भारतीय पक्षले गरेको दुर्व्यवहार रोक्न भइरहेको कूटनीतिक पहलबारे निरन्तर सदनलाई जानकारी गराउन लिङ्देनले माग गरे ।

बिज्ञापन

‘भारतको उडिसास्थित त्यो एउटा कलेजमा मात्रै हजारौँ विद्यार्थी छन् भने हाम्रो देशको अवस्था के छ ? अन्य कलेमा त्यसरी जाने विद्यार्थी कति होला ? यसबाट बुझ्नु पर्‍यो कि देशमा शैक्षिक वातावरण ठिक छैन । देशको शिक्षा गरिखाने खालको छैन । देशको शैक्षिक भविष्य ठिक छैन । यसबाट पाठ सिकेर शिक्षामा आमूल परिवर्तन हुनुपर्‍यो । देशको अवस्था ठिक छैन मात्र होइन छिमेकीहरूले हामीलाई हेर्ने अवस्थासमेत ठिक छैन भन्ने कुरा यसबाट प्रमाणित हुन्छ’, उनले भने ।

यस्तै सरकारले फेसबुक, एक्समा लगायत सामाजिक सञ्जालमा वक्तव्यमात्र निकालेर नहुने भन्दै उनले परराष्ट्रमन्त्री वा सम्बन्धी व्यक्तिबाट संसद्लाई नियमित अपडेट गराइराख्न सरकारसमक्ष आग्रह गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मुख्यमन्त्रीको विशेष पहलमा चिसापानी-कुइने सडकखण्डको स्तरोन्नति अघि बढ्यो

बाजुराकी रङ्गी नेपालीलाई ८९ वर्षमा नागरिकता

नेताका घर फेरिए,सार्वजनिक भवनको छानो फेरिएन

प्रदेश सरकारको लगानीमा बन्दै गरेका तीन वटा पुल निर्माणको कार्य सुस्त

भूमि आयोग कैलालीका लागि करारमा ३२ जना कर्मचारी पठाईयो

दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना