राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले देशको अवस्था र समग्र शिक्षामा आमूल परिवर्तन गर्न यो घटनाबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र अन्य विद्यार्थीमाथि भारतीय पक्षले गरेको दुर्व्यवहार रोक्न भइरहेको कूटनीतिक पहलबारे निरन्तर सदनलाई जानकारी गराउन लिङ्देनले माग गरे ।

बिज्ञापन

‘भारतको उडिसास्थित त्यो एउटा कलेजमा मात्रै हजारौँ विद्यार्थी छन् भने हाम्रो देशको अवस्था के छ ? अन्य कलेमा त्यसरी जाने विद्यार्थी कति होला ? यसबाट बुझ्नु पर्‍यो कि देशमा शैक्षिक वातावरण ठिक छैन । देशको शिक्षा गरिखाने खालको छैन । देशको शैक्षिक भविष्य ठिक छैन । यसबाट पाठ सिकेर शिक्षामा आमूल परिवर्तन हुनुपर्‍यो । देशको अवस्था ठिक छैन मात्र होइन छिमेकीहरूले हामीलाई हेर्ने अवस्थासमेत ठिक छैन भन्ने कुरा यसबाट प्रमाणित हुन्छ’, उनले भने ।

यस्तै सरकारले फेसबुक, एक्समा लगायत सामाजिक सञ्जालमा वक्तव्यमात्र निकालेर नहुने भन्दै उनले परराष्ट्रमन्त्री वा सम्बन्धी व्यक्तिबाट संसद्लाई नियमित अपडेट गराइराख्न सरकारसमक्ष आग्रह गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

कांग्रेस कैलाली – ४ का उम्मेदवार गोरख विष्टले गरे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

२०८३ सालको पात्रो सार्वजनिक : दशैंको टीका कार्तिक ४ गते

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

विश्वकप : समूह ‘ए’बाट भारत सुपर आठमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान