सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा सोमबार कञ्चनपुरमा प्रदेश सरकारको अर्धवार्षिक समिक्षा सम्पन्न भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री शाहले बजेट निर्माण, प्रभावकारी कार्यान्वयन, सुशासन र जनउत्तरदायी शासनप्रति सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै प्रदेश सरकार कुनै पनि हालतमा सुशासन र डेलिभरीमा सम्झौता नगर्ने स्पष्ट गरे ।

बिज्ञापन

मुख्यमन्त्री शाहले गत वर्षको ३६.५ अर्बको बजेटलाई सन्तुलित रूपमा २९.५ अर्बमा सीमित गर्ने कठिन निर्णय आफूले लिएको उल्लेख गर्दै बजेट निर्माणमा मापदण्ड अपनाउन आवश्यक रहेको बताए । उनले जनताको काम सहज रुपमा अघि बढाउने कुरामा आफूले जेल जानुपरे पनि आफू तयार रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने समेत उल्लेख गरे । उनले सरकारको प्राथमिकता प्रभावकारी सेवा प्रवाह र बजेट कार्यान्वयन रहेको बताए । कार्यक्रममा मुख्यमन्त्री शाहले कर्मचारीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन दिए । उनले आवश्यक पर्ने ऐन, नियमावली र कार्यविधि निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्ने बताउँदै मन्त्रालयहरूले त्यसको स्पष्ट सूची पेश गर्न आग्रह गरे ।

‘यदि कसैलाई मेरो नेतृत्व असहज लाग्छ भने राजीनामा दिन वा सरुवा लिएर जान सक्नुहुन्छ, तर सुशासन र प्रभावकारी कार्यान्वयनमा कुनै सम्झौता हुँदैन,’ उनले स्पष्ट पारे । मुख्यमन्त्री कार्यालयलाई आयोजना तालिका सहितको अद्यावधिक विवरण समयमै उपलब्ध गराउन समेत उनले निर्देशन दिए । प्रदेश सरकार नीतिगत सुधारसहित प्रभावकारी प्रशासनिक संयन्त्र निर्माणमा प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री शाहले मन्त्रालय, विभाग र मातहतका कार्यालयबिच समन्वयलाई अझ सशक्त बनाउने उल्लेख गरे ।

आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आयोजनामा सम्पन्न गोष्ठीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव, मन्त्रालयका सचिव तथा निर्देशनालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्रालयका सचिवहरूले आ–आफ्ना मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : सनराइजर्स माथि लखनउको शानदार जित

जानकी गाउँपालिकामा कानून निर्माण विषयक समूह छलफल कार्यक्रम सम्पन्न

विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

कैलारी गाउँपालिका ४ र ६ जोड्ने घुराह पुलको मर्मतकार्य उद्घाटन