नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ को नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी गरिएको छ । स्थानियहरुले केही सरकारी सामग्रीहरु अनियमित रुपमा सारिएको भन्दै तालाबन्दी गरेका हुन ।

स्थानीय खडक साउदका अनुसार वडा कार्यालयका सोफा, कुर्सी, कार्पेटलगायतका सामग्रीहरू जनप्रतिनिधि तथा कर्मचारीहरूको घरमा लगिएको आरोप लगाइएको छ । यही विषयलाई लिएर असन्तुष्ट भएका स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् । उत्तः वडा कार्यालय भवनको यही माघ २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

बिज्ञापन

यस घटनापछि, आईतबार बेलापुर प्रहरी कार्यालयलाई सामाजिक सञ्जालमार्फत सामग्रीहरू हिनामिना भएको जानकारी गराइए पनि कुनै प्रतिक्रिया नआएको स्थानीयको गुनासो छ । त्यसैले, उनीहरूले आवश्यक छानबिन तथा समाधानको माग गर्दै पालिकामा निवेदन दर्ता गराएको जनाएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मुख्यमन्त्रीको विशेष पहलमा चिसापानी-कुइने सडकखण्डको स्तरोन्नति अघि बढ्यो

बाजुराकी रङ्गी नेपालीलाई ८९ वर्षमा नागरिकता

नेताका घर फेरिए,सार्वजनिक भवनको छानो फेरिएन

प्रदेश सरकारको लगानीमा बन्दै गरेका तीन वटा पुल निर्माणको कार्य सुस्त

भूमि आयोग कैलालीका लागि करारमा ३२ जना कर्मचारी पठाईयो

दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना