नौ महिनामै सम्बन्ध टुंगिएपछि एलिनाले लेखिन्- प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौँ

काठमाडौं : गायिका एलिना चौहानले मंगलबारदेखि पति विष्णु सापकोटासँग छुट्टिएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लामो भावनात्मक विचार लेख्दै आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्।

बिज्ञापन

‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’

एलिनाले अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश विष्णुलाई दिएकी छन् ।

‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।

तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’, उनले अगाडि लेखेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

उनले यी सबै मात्रल विवाह पूरा नहुने पनि बताएकी छन् । ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’

उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको पनि घोषणा गरेकी छन् । ‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’, उनले अन्तिममा भनेकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : सनराइजर्स माथि लखनउको शानदार जित

जानकी गाउँपालिकामा कानून निर्माण विषयक समूह छलफल कार्यक्रम सम्पन्न

विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

राष्ट्रियसभाको बैठक आजपनि स्थगित