नौ महिनामै सम्बन्ध टुंगिएपछि एलिनाले लेखिन्- प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौँ

काठमाडौं : गायिका एलिना चौहानले मंगलबारदेखि पति विष्णु सापकोटासँग छुट्टिएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लामो भावनात्मक विचार लेख्दै आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्।

बिज्ञापन

‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’

एलिनाले अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश विष्णुलाई दिएकी छन् ।

‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।

तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’, उनले अगाडि लेखेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

उनले यी सबै मात्रल विवाह पूरा नहुने पनि बताएकी छन् । ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’

उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको पनि घोषणा गरेकी छन् । ‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’, उनले अन्तिममा भनेकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग, स्थानीयकाे आपत्ति