बाजुराका सुनार र डडेल्धुराका कार्की द भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा छनौट

काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २३ वर्षीय पबिन्द्र सुनार ‘द भ्वाइस अफ नेपाल’ मा छनौट भएका छन्। दुबै जना हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ६ का लागि छनौट भएका हुन।

डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम भित्र समाबेश भएका थिए । पबिन्द्र सुनारको लोक दोहोरी प्याटर्नका हुन भने डडेल्धुराका प्रज्जल कार्की आधुनिक शैलीका गित गाएर ब्लाईन्ड अडिसन पार गरेर छनौट भएका हुन ।

बिज्ञापन

शनिवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। सुनारले १ कुर्सी घुमाउन सफल भए भने कार्कीले आफ्नो प्रस्ततीबाट ४ वटै जजहरुलाई आफुतिर फर्काउन सफल भएका थिए ।

उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्। पबिन्द्र विगत ४-५ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्। दुबै जना कोच खेम सेन्चुरीको टिमा परेका छन

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग, स्थानीयकाे आपत्ति