भीम रावलको अभियानमा साफेबगर – १० को एमाले वडाकमिटि समाहित

कैलाली : भीम रावलको मातृभुमी जागरण अभियानमा एमालेका नेताकार्यकर्ता जोडिने क्रम जारी रहेको छ । एमालेको कारबाहीमा परेका रावलको संयोजकत्वमा सञ्चालन भएको उक्त अभियानमा शुक्रबार पुनः एमालेको वडा कमिटि नै समाहित भएको हो ।

अछामको साफेबगर नगरपालिका– १० को वडाकमिटि नै भीम रावलको अभियानमा समाहित भएको बताईएको छ । उनीहरु शुक्रबार भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा सहभागी हुदै पुरै कमिटी अभियानमा समाहित भएका हुन् । साथै सो वडामा २५ सदस्यीय मातृभूमि जागरण अभियान तदर्थ समिति गठन भएको छ ।

बिज्ञापन

पुस १० गते एमालेले रावललाई कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि उनले मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तार गरिरहेका छन् । यस अघि सुदूरपश्चिमका हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता अभियानमा जोडिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल