भीम रावलको अभियानमा साफेबगर – १० को एमाले वडाकमिटि समाहित

कैलाली : भीम रावलको मातृभुमी जागरण अभियानमा एमालेका नेताकार्यकर्ता जोडिने क्रम जारी रहेको छ । एमालेको कारबाहीमा परेका रावलको संयोजकत्वमा सञ्चालन भएको उक्त अभियानमा शुक्रबार पुनः एमालेको वडा कमिटि नै समाहित भएको हो ।

अछामको साफेबगर नगरपालिका– १० को वडाकमिटि नै भीम रावलको अभियानमा समाहित भएको बताईएको छ । उनीहरु शुक्रबार भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा सहभागी हुदै पुरै कमिटी अभियानमा समाहित भएका हुन् । साथै सो वडामा २५ सदस्यीय मातृभूमि जागरण अभियान तदर्थ समिति गठन भएको छ ।

बिज्ञापन

पुस १० गते एमालेले रावललाई कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि उनले मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तार गरिरहेका छन् । यस अघि सुदूरपश्चिमका हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता अभियानमा जोडिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग, स्थानीयकाे आपत्ति