सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

डोटी : डोटीको बोगटान फुडसिल गाउँपालीका वडा नम्बर–३ कानाचौर धौलानवस्तीमा रहेको “सहयोगी हातहरू समूह” ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग गरेको छ ।

बमका दुवै मृगौलामा समस्या भएपछि धौलानवस्तीको “सहयोगी हातहरू समूह” ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग गरेको हो । बम हाल भारतको नयाँ दिल्लीस्थित महाराजा अग्रसेन अस्पतालमा उपचार गराइरहेका छन् ।

बिज्ञापन

कमजोर आर्थिक अवस्थाका कारण केही दिनअघि आर्थिक सहयोगको लागि सबैलाई हार्दिक अपिल गरिएको अबस्थामा समूहले पीडित बमलाई १ हजार १ सय ११ भारतीय रुपैयाँ सहयोग गरेको समूहका सदस्य विनोद बोहराले जानकारी गराए ।

समूहका अध्यक्ष कमल सुनारले सहयोगका लागि समूहको स्थापना गरिएको बताउदै सोही उद्देश्य अनुरूप सहयोग गरिएको बताए ।

सुनारले आगामी दिनमा पनि प्रदेशभित्र अप्ठ्यारोमा परेकाहरूलाई निरन्तर सहयोग गर्ने बताएका   छन । सहयोग अभियानले स्थानीय तहमा सहकार्य र एकताको उदाहरण दिएको उनले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल