यू–१९ महिला विश्वकप : नेपालको पहिलो जित

काठमाण्डौ : आइसिसी महिला यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार आयोजक मलेसियालाई ७ विकेट हराउदै नेपालले पहिलो जित निकालेको हो ।

मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पूजा महतोले ३२ बलमा चार चौकासहित सर्वाधिक २३ रन बनाइन् । उनी नटआउट रहिन् ।

बिज्ञापन

मलेसियाका लागि बलिङमा मार्सियाले चार ओभरमा १८ रन दिएर तीन विकेट लिइन् । त्यसअघि जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५ ओभरमा ४५ रनमा अलआउट भयो । उसका लागि नुरिमनले सर्वाधिक १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आयोजक मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान पूजा महतोले घातक बलिङ गरिन् । उनले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । योसँगै पूजा जारी विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको नम्बर वानमा उक्लिएकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् ।

यस्तै, मलेसियाविरुद्ध रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् । समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल