अत्तरिया उद्योग वाणिज्य संघ विवाद : मनोनित सदस्यलाई राखेर निर्णय नगर्न अन्तरिम आदेश

कैलाली : अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनित गरिएका ६ जना सदस्यलाई राखेर कुनै पनि निर्णय नगर्न उच्च अदालत दिपायलले अन्तरिम आदेश दिएको छ । संघका केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले सदस्य पदमा ६ जनालाई मनोनित गरेका थिए ।

तर शुक्रबार उच्च अदालत दिपालयका न्यायाधीस डण्डपाणि शर्माको एकल इजलासले मनोनित गरिएका ६ जना सदस्यको उपस्थितिमा बैठक बस्ने र निर्णय गर्ने समेतका कार्य नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

बिज्ञापन

अदालतले माघ २० गतेसम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ । त्यसपश्चात अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा दुवै पक्षको छलफल सुनेर निर्णयमा पुगिने बताईएको छ । संघका केही पदाधिकारी सहितका ११ जना सदस्यहरुले राजिनामा दिएपछि संघका अध्यक्ष बोहराले यही पुस २८ गते ६ जनालाई सदस्यमा मनोनित गरेका थिए ।

उनले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं. ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनित गरेको बताएका थिए । तर मनोनितको विषयमा उच्च अदालतमा मुद्धा परेको थियो । उक्त मुद्धामा अधिवक्ता दिपकराज जोशीले बहस गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता