ठड्याभीरमा पहिरो खस्दा एक जना घाईते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा पहिरो खस्दा एक जना घाईते भएका छन । शुक्रबार बिहान सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जाजरकोटको जुनीचाँदेका २६ वर्षिय रेशम बुढा घाईते भएका हुन ।

जेसीबी चालक रहेका बुढा सडक चौडा पार्ने काम गरिरहेका थिए । सो क्रममा भीरबाट खसेको पहिरोले जेसीबी हुत्तिएर महाकाली किनारमा पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जसका कारण जेसीबीमै रहेका चालक बुढा घाईते भएको प्रहरीले बताएको छ ।

बिज्ञापन

घाईते बुढाको खुट्टामा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल पु-याईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । पहिरो कारण जेसबी हुत्तिएर करीब ३० मिटर तल महाकाली नदी किनारमा खसेको उनले बताए । महाकाली लोकमार्ग अन्तर्गत ठड्याभीरमा सडक चौडा पार्ने काम भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल