ट्रम्पलाई झट्का, जन्मजात नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।

सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् ।

बिज्ञापन

ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो ।

त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल