अर्जुन ट्रफी : अत्तरियाको टिममा ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध

कैलाली : कैलालीको धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । सिवाईसीले राष्ट्रिय खेलाडी भीम सार्की, विवेक यादव, साहव आलम र रसिद खानलाई अनुबन्ध गरेको हो । सिवाईसीले बी क्याटोगोरीका पाँच जना खेलाडी पनि अनुबन्ध गरेको छ ।

जसमा सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्री रहेका छन् । सी क्याटोगोरीका खेलाडीहरूको छनोट कार्य भइरहेको र केही दिनमा १४ सदस्यीय टिमको घोषणा गरिने प्रशिक्षक रजत शाहीले बताए । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहनेछ ।

बिज्ञापन

प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यू होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाइनेछ ।

सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० फरम्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल