अर्जुन ट्रफी : अत्तरियाको टिममा ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध

कैलाली : कैलालीको धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । सिवाईसीले राष्ट्रिय खेलाडी भीम सार्की, विवेक यादव, साहव आलम र रसिद खानलाई अनुबन्ध गरेको हो । सिवाईसीले बी क्याटोगोरीका पाँच जना खेलाडी पनि अनुबन्ध गरेको छ ।

जसमा सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्री रहेका छन् । सी क्याटोगोरीका खेलाडीहरूको छनोट कार्य भइरहेको र केही दिनमा १४ सदस्यीय टिमको घोषणा गरिने प्रशिक्षक रजत शाहीले बताए । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहनेछ ।

बिज्ञापन

प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुखड, न्यू होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाइनेछ ।

सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० फरम्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस

भिजि भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ 

कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग, स्थानीयकाे आपत्ति