खो–खो विश्वकपको उपाधिका लागि आज नेपाल भारत भिड्दै

काठमाण्डौ : खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे शुरु हुनेछ । खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।

हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपालको पुरुष टोली उद्घाटन खेलमा भारतसँग पराजित भएको थियो ।

बिज्ञापन

महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्‍यो । त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६–१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल