विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

कैलाली : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिएअनुसार, प्रतियोगितामा विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको छ। कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन्।

बिज्ञापन

प्रशिक्षकको रूपमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको जानकारी सचिव भट्टले दिएका छन्। पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो।

बैतडीको दशरथचन्द क्रिकेट मैदानमा सम्पन्न बन्द प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्येबाट अन्तिम टोली छनोट गरिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा सुरु हुने भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल