अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ : भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । बोर्डर–गावस्कर शृङ्खलाअन्तर्गतको अन्तिम टेस्टको तेस्रो दिन आइतबार नै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको हो ।

जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृङ्खला पनि ३–१ ले आफ्नो पक्षमा पारेको छ । अस्ट्रेलियासँग पराजित भएसँगै आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने भारतको सम्भावना पनि समाप्त भएको छ ।

बिज्ञापन

अस्ट्रेलिया भने टेस्ट च्याम्प्यिनसिपको फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । दक्षिण अफ्रिका यसअघि नै टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ । सिड्नीमा खेलिएको अन्तिम टेस्टको तेस्रो दिन अस्ट्रेलियाले एक सय ६२ रनको लक्ष्य चार विकेट गुमाएर पुरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा दोस्रो पालीमा ओपनर उस्मान ख्वाजाले ४१ रनको योगदान गरे । उनले ४५ बलको सामना गरी चार चौका पनि हिर्काए । अर्का ओपनर साम कोन्सटसले पनि १७ बलमा तीन चौकाको मद्दतले २२ रन बनाए ।

ट्राभिस हेडले अविजित ३४ रनको योगदान गरे । उनले ३८ बलमा चार चौका प्रहार गरे । बेउ वेबस्टरले पनि टोलीको खातामा अविजित ३९ रन थपे । उनले ३४ बलमा ६ चौका पनि हिर्काए । दोस्रो पालीमा भारतीय बलर प्रसिद्ध कृष्णाले तीन र मोहम्मद सिराजले एक विकेट लिए ।

भारतीय टोलीका प्रभावशाली बलर जसप्रित बुमराह घाइते हुनु भारतका लागि दुर्भाग्य बन्यो । बोर्डर–गावस्कर शृङ्खलामा तीव्र गतिका बलर बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । तर, घाइते भएका कारण बुमराहले बलिङ गरेनन् । उनी प्लेयर अफ दि सिरिज घोषित भए ।

त्यसअघि भारतीय टोली भने आफ्नो दोस्रो पालीमा केवल एक सय ५७ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा एक सय ८१ रन बनाएको थियो । पाँचौँ टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा एक सय ८५ रन बनाएको थियो ।

अस्ट्रेलियाका स्कट बोल्यान्ड प्लेयर अफ दि म्याच घोषित भए । पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । टेस्ट टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । चौथो टेस्टमा अस्ट्रेलिया एक सय ८४ रनले विजयी भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल