अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

कैलाली : कैलालीको अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको छ । गोदावरी नगरपालिका सँगको समन्वयमा अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाले गोदावरी नगरपालिका – १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा कोल्ड स्टोर निर्माण गरेको हो ।

उक्त कोल्ड स्टोर बिहिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले कृषि उपज थोक बजार समिति अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका थिए । कोल्ड स्टोर आठ लाख १७ हजार ६९९ रुपियाँ निर्माण गरिएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले कार्यविधी तयार पार्ने उनले बताए ।

यद्दपी कृषि उपज थोक बजार समितिको परिसर मै ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर भने बाहिरी संरचना निर्माण सम्पन्न हुँदा पनि विगत ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजकाे माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : सनराइजर्स माथि लखनउको शानदार जित

जानकी गाउँपालिकामा कानून निर्माण विषयक समूह छलफल कार्यक्रम सम्पन्न

विकास निर्माणका कामहरुमा महिलाको सहभागिता बढ्दै

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

कैलारी गाउँपालिका ४ र ६ जोड्ने घुराह पुलको मर्मतकार्य उद्घाटन