बाढीपहिरोबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने

काठमाडौं : यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ।

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुननिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता बिनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए।

बिज्ञापन

‘स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,’ उनले भने, ‘यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न रु एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ ।’

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिए।

‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ ।’

उनका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोबीखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ । ‘यी संरचना बनाउन तथा सुधार गर्न रु ११ करोड ४६ लाख लाग्ने छ’, उनले भने ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका  दुई जिल्लाबाट ५ लाख ७५ हजारको अवैध सामान बरामद

विद्यालय लामो समय देखि बन्द : बालबालिकाहरु घरकै काममा व्यस्थ

गोदावरी नगरपालिकामा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

आजको माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : कोलकाताविरुद्ध गुजरातको सहज जित

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा