भीम रावललाई भ्रम नफैलाउन प्रदेश अध्यक्ष जैशीकाे चेतावनी

कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले एमालेका नेता भीम रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडी बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु‘ अध्यक्ष जैशीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञापन

केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए । नेपाल प्रेसमा भट्टले दिएको अभिव्यक्ति गलत रहेको भन्दै रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैशीले विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

‘पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहोदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्रै वकालत गर्न आन्दोलन गर्दै यस्तै गतिविधि बढ्दै गए तपाइप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु’ अध्यक्ष जैशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘साथै सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध हुन तथा भ्रममा नपर्न अपिल गर्दछु ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा मन्जु खाण चयन

सुदूरपश्चिमको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

समयमै सिचाई नहर निर्माण भएपछि जगातीका गाँउलेद्वारा उपभोक्ता समितिलाई सम्मान

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ

बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ : प्रधानमन्त्रीका सल्लाहकार रिमाल

पाँच वर्षदेखि लिफ्ट योजना अलपत्र

आगामी आर्थिक वर्षका लागि गोदावरी– १० को बजेट ९३ लाख ३० हजार

‘सगरमाथा संवाद’ आज सकिँदै, काठमाडौं घोषणा पत्र जारी गर्ने