आयरल्यान्डविरुद्धको शृङ्खला जित्यो  दक्षिण अफ्रिकाले

एजेन्सी : दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। यूएईको अबुधाबीमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई १७४ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रनमा सीमित भएको हो। आयरल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा लिजार्ड विलियम्सले ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए।

बिज्ञापन

जोन फर्टुनले ५.३ ओभरमा ३६ रन खर्चेर २ तथा लुंगा एनगिडीले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। ओटेलन वर्तमानले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए। एन्डेल फुलेल्काओले ४ ओभरमा १३ रन खर्चेर १ तथा वियाम मल्डरले १ विकेट लिए।

आयरल्यान्डका क्रेग यङ २१ बलमा २९ रन बनाउँदै अविजित रहे। गेभिन होयले २३ तथा ग्राम हुमले २१ रन जोडे।

आयरल्यान्डको पारीमा सबैभन्दा उत्कृष्ट साझेदारी १० औं विकेटका लागि भएको थियो। हुम र यङको बिचमा ५२ रनको साझेदारी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ३४४ रन जोडेको हो। सो टोलीका लागि ट्रिस्टयन स्टब्सले अविजित रहँदै ११२ रन जोडे।

८१ बलको उनको पारीमा ८ चौका र ३ छक्का समावेश थियो। केल भेरियनले ६७ तथा मल्डरले ४३ रनको योगदान गरे। रेयन रिकल्टनले ४० रन जोडे भने कप्तान टेम्बा बमुभा ३५ रन बनाए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मातृ भाषामा खाए मन्त्री रामेश्वर चौधरीले सपथ

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा मन्जु खाण चयन

सुदूरपश्चिमको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

समयमै सिचाई नहर निर्माण भएपछि जगातीका गाँउलेद्वारा उपभोक्ता समितिलाई सम्मान

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ

बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ : प्रधानमन्त्रीका सल्लाहकार रिमाल

पाँच वर्षदेखि लिफ्ट योजना अलपत्र

आगामी आर्थिक वर्षका लागि गोदावरी– १० को बजेट ९३ लाख ३० हजार