सागर ढकालको चुनावी खर्च आठ लाख बढी

डडेल्धुरा : डडेल्धुराबाट सागर ढकालले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको खर्च आठ लाखभन्दा बढी देखिएको छ ।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ढकालकोे चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ । उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन् । उनले डडेलधुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा मात्रै १ लाख २४ हजार खर्च गरेका छन् ।

बिज्ञापन

कार्यालयको व्यवस्थापनमा ८० हजार ९११,होटल,खाना र बस्नमा २ लाख ७५ हजार १०७ र इन्टरनेट वा स्टेशनरीमा ४२ हजार १४० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यस्तै, प्रचारप्रसारमा १ लाख ११ हजार १२०, इन्धनमा ९० हजार ३ सय ३०, यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मतमा ५१ हजार ७८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैँया खर्च गरिएको जनाइएको छ ।

ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सय रुपैँया दिने पाँच सय जना,सयदेखि हजारसम्म दिने नौं सय जना,एक रुपैँया दिने दुई जना र दश रुपैँया दिने आठ जना रहेको बताएका छन् ।

उनले लेखेका छन्,‘आफ्नो खाना शुध्द काटेर दिनुभएको यो पैसा खासमा पैसा नभई तपाईँहरुको माया हो ।’ उनले उक्त रकम डडेलधुराको लागि खर्च गर्ने समेत बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता