कैलालीमा प्रदेश सभामा उम्मेदवारी दिएका ४४ जना उम्मेदवारका जमानत जफत

धनगढी : कैलालीमा प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४४ जना उम्मेदवारका जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत नपाएपछि विभिन्न साना पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।

प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी दर्ताको क्रममा पाँच हजार रुपियाँका दरले धरौटी राखेका थिए । सदर मतको १० प्रतिशत मत पु¥याउन नसकेका उम्मेदवारका धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताए ।

बिज्ञापन

निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ (क) मा छ जना उम्मेदवारको जमानत जफत भएको छ । जनता समाजवादी पार्टीका भगतराम थारु, लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरी, स्वतन्त्र उम्मेदवार सन्तोष कठरिया, नेपालका लागि नेपाली पार्टीका चन्द्रसिंह बोहराको जमानत जफत भएको छ । यसैगरी, नेपाल मजदुर किसान पार्टीका विष्णुकुमारी थापामगर, स्वतन्त्र उम्मेदवार छोटेलाल चौधरीको पनि जमानत जफत भएको छ ।

सोही निर्वाचन क्षेत्रको (ख) मा राप्रपाका डम्मरबहादुर थापा, स्वतन्त्र उम्मेदवार केशवबहादुर साउँद, गणेशकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीको जमानत जफत भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शेरसिंह विश्वकर्मा, नेपालका लागि नेपाली पार्टीका वीरबहादुर शाही, नेमकिपाका गगनबहादुर थापामगर र स्वतन्त्र चक्रबहादुर चौधरीले पनि आफ्नो जमानत गुमाएका छन् ।

निर्वाच क्षेत्र नं. २ (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरी, नेमकिपाका लक्ष्मी पुनमगर, नेपाल लोकतान्त्रिक पार्टीका मानबहादुर चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका तेजबहादुर घर्तीको धरौटी जफत भएको छ । सोही क्षेत्रको (ख) मा राप्रपाका एकेन्द्रबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सन्तु डंगौरा, भरतकुमार शाही, नेकपा, माओवादी समाजवादीका जङ्गबहादुर देउवा, लोसपाका तेजबहादुर बडायक र नेमकिपाका दीपा विष्टको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नं. ३ (क) मा राप्रपाका चुल्हुराम चौधरी, हाम्रो नेपाली पार्टीका राप्रसाद रेग्मी र नेपाल मजदुर किसान पार्टीका रञ्जनाकुमारी सिंहको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसैगरी, सोही क्षेत्रको (ख) मा राप्रपाका प्रेमराज चौधरी, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी, नेपाल लोकतान्त्रिक पार्टीका प्रमोदकुमार चौधरी, स्वतन्त्र मोहनकुमार शाही र नेपाल मजदुर किसना पार्टीका खगेन्द्रबहादुर शाहीको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नं. ४ (क) मा छ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय अनुसार राप्रपाका तिलकबहादुर महत, नेपाल लोकतान्त्रिक पार्टीका मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीका सावित्री गिरी, नेशनलिस्ट पिपल्स पार्टीका लालबहादुर बोहराले आफ्नो जमानत सुरक्षित गर्न सक्नु भएन । यस्तै, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर शाह, भोजराज सापकोटाको जमानत पनि जोगिएन ।यसैगरी, सोही निर्वाचन क्षेत्रको (ख) मा राप्रपाका प्रकाशदत्त भट्ट, स्वतन्त्र उम्मेदवार भगवती ओझा र नागरिक उन्मुक्ति पार्टीका कमलराज भट्टको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नं. ५ (क) मा भने सबै उम्मेदवारले आफ्नो जमानत जोगाउन सफल भएका छन् । (ख) मा नेपाली कांग्रेस (वीपी) का दीपकराज खैर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लुहार र नेपाल मजदुर किसान पार्टीका रामबहादुर दर्लामी मगरको जमानत जफत भएको छ ।
कैलालीमा प्रदेशतर्फ जम्मा तीन लाख १४ हजार २४६ मत खसेकोमा १५ हजार ६९७ (पाँच प्रतिशत) मत बदर भएको थियो । दुई लाख ९८ हजार ५४९ मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता