प्रतिनिधिसभा समानुपातिकमा कसको कति मत ?

काठमाडौं : प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ । प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता