कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने दुई पुलको काम अन्तिम चरणमा

धनगढी , कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने गरी २ पुलको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली नदीमा घाटगाउँ–चिप्ले तथा वारि कुइने र पारि कुइने जोड्ने गरी पुल निर्माण धमाधम भइरहेको हो ।

सुर्खेतको चौकुने र कैलालीको मोहन्याल जोड्ने पुल निर्माणको झन्डै ९० प्रतिशत काम सकिएको छ । दुवै पुल चैतदेखि जेठभित्र हस्तान्तरण गर्ने गरी काम भइरहेको अनक/लुम्बिनी जेभीका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । उनका अनुसार २०७२ पुल निर्माणको सम्झौता गरिएको थियो । ‘२ वर्ष त यसको डिजाइन पास हुन समय लाग्यो,’ उनले भने, ‘४ वर्षे योजना भए पनि डिजाइन पास नहुँदा र कोरोनाका कारण ६ वर्ष लागेको हो ।’ करिब ३२ करोड रुपैयाँ लागतमा बन्न लागेको पुल ३ सय मिटर लामो छ ।

बिज्ञापन

त्यस्तै अनक/लुम्बिनी जेभीले नै २०७४ मंसिरमा सम्झौता गरेको घाटगाउँ–चिप्ले पुलको पनि झन्डै ६० प्रतिशत काम सकिएको छ । करिब ६२ करोड रुपैयाँमा सम्झौता गरिएको उक्त पुल ५ सय ५० मिटर लामो छ । जेठ मसान्तसम्म पुल निर्माणको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ ।

कर्णाली नदीमा २ ठूला पुल बन्ने भएपछि स्थानीयले धेरै सपना बुन्न थालेको स्थानीय समाजसेवी काशीराम देवकोटाले बताए । ‘वर्षाको भेलमा फेरी तर्ने र ज्यान नै जोखिम पार्नुपर्ने बाध्यताको अब अन्त्य हुनेछ,’ उनले भने, ‘पुलले आर्थिक कारोबार पनि बढ्ने हाम्रो अपेक्षा छ । उनका अनुसार पुल बनेपछि पञ्चपुरी नगरपालिकास्थित कौसेनी घाट र चौकुने गाउँपालिकास्थित बेलगौडाको सम्बन्ध पनि जोडिनेछ ।
याे समाचार ज्योति कटुवाल लेखेकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल