बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको मत लिँदै

काठमाडौं,
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसदले समर्थन फिर्ता लिएपछि शाक्य अल्पमतमा परेकी थिइन्।

प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारलाई आह्वान गरिएको छ। शाक्यले विश्वासको मत पाउन भने मुस्किल छ। ५६ सांसदसहित मुख्यमन्त्री बनेकी शाक्यको पक्षमा अहिले ४३ सांसद मात्रै छन्। सरकार टिकाउन ५५ सांसद चाहिन्छ। साना दलले सघाए पनि शाक्यको पद जोगिने सम्भावना छैन।

बिज्ञापन

विपक्षी दलहरूले पनि मुख्यमन्त्री टुङ्गो लगाएका छैनन्। कांग्रेसले दाबी छाडेसँगै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्न बाटो खुलेको छ। शाक्यले विश्वासको मत प्राप्त नगरेपछि पाण्डेलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रक्रिया अघि बढाउने बिपक्षी गठबन्धनको तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल